काठमाडौं । युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले दोस्रो अभ्यास खेलमा सेन्ट क्रससंग प्रतिस्पर्धा गरिरहेको हो ।
सेन्ट क्रसले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।
इंङ्ल्याण्डको लडर््समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एक दिवसीय क्रिकेट सिरिजको तयारीकालागि युरोप भ्रमणमा रहेको नेपालले स्थानीय क्लबसंग अभ्यास खेल खेलिरहेको छ ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए ।
यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी(ट्वान्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।