एजेन्सी । इटालियन क्लब पर्माका स्ट्राइकर इमान्युल क्यालियोलाई २ बर्षको प्रतिबन्ध लागेको छ । म्याच फिक्सिङको आरोपमा इटालियन फुटबलर क्यालियोलाई प्रतिबन्ध लगाइएको हो ।
इटालियन फुटबल फेडेरेसनले ३६ बर्षीय स्ट्राइकर क्यालियोलाई दुई बर्षको प्रतिबन्धसहित २० हजार युरो जरिवाना समेत गरिएको छ । यस्तै पर्माको यो सिजनको सिरी ए लिगमा ५ अंक समेत घटेको छ । पर्मा यसै सिजन इटालियन सिरी ए लिगमा उक्लिएको हो ।
इटालियन फुटबल फेडेरसनले क्यालियोले रहस्यमय सन्देशहरु स्पेजियाका पुर्व टिममेटलाई पठाएको जनाएको छ । पर्माले गत मे १८ मा स्पेजियासंग खेलेको थियो । जसमा पर्माले २ - ० को जित निकालेको थियो । उक्त जितले पर्मा सिरी ए लिगमा उक्लिएको थियो ।
क्यालियो सन् २०१६ मा स्पेजियाबाट पर्मा आएका थिए ।