ललितपुर । रौतहटले प्रथम उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल लिगमा शानदार जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा रौतहटले काठमाडौंलाई ४ - ० ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रौतहटलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक गरिन् । घिसिङले दोस्रो हाफको खेलको १५ मिनेटभित्र ह्याट्रिक पुरा गरेकी थिइन् । यस्तै खेलको २३ औं मिनेटमा मनिषा राउतले रौतहटको लागि थप एक गोल गरिन् ।
जितसंगै रौतहटले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । पाँच टोली सहभागी लिगको विजेताले दुई लाख पाउने छन् । यस्तै उपविजेताले एक लाख प्राप्त गर्नेछ ।