ललितपुर । विभागीय टिम आर्मीले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विभागीय डर्बीमा पुलिसलाई १–० ले स्तब्ध पार्दै आर्मीले महत्वपुर्ण ३ अंक बटुल्न सफल भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापाले विजयी गोल गरिन् । खेल सकिन ८ मिनेट बाँकी छदाँ उनले आर्मीकालागि विजयी गोल गरेकी हुन् ।
प्रतियोगितामा आर्मी र पुलिससंगै एपीएफ, काठमाडौं र रौतहट समावेश छन् । लिग विजेताले दुई लाख पाउने ९ दिने प्रतियोगितामा उपविजेताले एक लाख प्राप्त गर्नेछ ।