एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर काइल एबोटले एकै खेलमा १७ विकेट हात पारेका छन् । इंग्ल्याण्डमा हेम्पशायरबाट काउन्टी क्रिकेटमा समरसेटविरुद्ध ८६ रन खर्चेर १७ विकेट लिएका हुन् ।
लिस्ट 'ए' क्रिकेटमा ६३ वर्ष पछिकै यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि इंग्ल्याण्डका अफ स्पिनर जिम लेकरले सन् १९५६ मा अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेटमा ९० रन खर्चेर १९ विकेट हात पारेका थिए ।
एबोटको यो लिस्ट 'ए' क्रिकेटमा १० औं सर्वोत्कृष्ट प्रदर्शन हो ।
साउथह्याम्पटनको 'द रोज बाउल' मा हेम्पशायर आफ्नो पहिलो इनिङ्समा १९६ रनमा समेटिएको थियो । एबोटले उत्कृष्ट बलिङमा समरसेटका खेलाडीले मात्र १४२ रन बनाउन सके । एबोटले मुरली विजय सहित एक्लैले ९ खेलाडीलाई पेभिलियन फर्काएका थिए । एबोटले १८ ओभर ४ बलमा ९ ओभर मेडेन राख्दै ४० रन खर्चेर ९ विकेट हात पारेका हुन् ।
एबोटको उत्कृष्ट बलिङमा हेम्पशायरले ५४ रनको अग्रता लिएको थियो । एबोटले हेम्पशायरको दोस्रो इनिङ्समा ब्याटिङमा समेत उत्कृष्ट योगदान गरे । कप्तान जेम्स भिन्ससँग मिलेर उनले ९ औं विकेटका लागि ११९ रनको महत्वपूर्ण साझेदारी गरे । जसमा एबोटले २५ रन बनाए । जसमा हेम्पशायरले दोसो इनिङ्समा २२६ रन बनायो ।
२८१ रनको लक्ष्य लिएर मैदान आएको समरसेट १४४ रनमा रोकियो र हेम्पशायरले खेल १३६ रनले जित्यो ।
यस इनिङ्समा भने एबोटले ८ विकेट हात पारे । र, पुरै खेल अवधि भर एबोटको कीर्तिमानी १७ विकेट रह्यो ।