एजेन्सी । स्पेनका दुई लिजेण्ड आन्द्रेस इनिएष्टा र फर्नान्डो टोरेसले जापानको शीर्ष डिभिजनको लिग जे लिगमा डेब्यु गरेका छन् ।
इनिएष्टाले भिसेल कोवी र टोरेसले सगन टोसुबाट आइतबार राति डेब्यु गरेका हुन् । तर, दुवै खेलाडीको डेब्यु खेल निराशाजनक बनेको छ । डेब्यु खेलमा इनिएष्टा र टोरेसको क्लब पराजित भएको थियो ।
बार्सिलोनाका पुर्व मिडफिल्डर समेत रहेका इनिएष्टाको टिम कोवी सोनान बेल्मारेसंग ३ – ० ले पराजित भयो । डेब्यु खेलमा ३४ बर्षिय इनिएष्टा अन्तिम ३२ मिनेट बाँकी रहदा मैदान प्रवेश गरेका थिए ।
यस्तै एथ्लेटिको मड्रिडका पुर्व फरवार्ड टोरेसको टिम टोसु भने भेगाल्टा सेन्डाईसंग १ – ० ले पराजित भयो । ३४ बर्षीय टोरेस डेब्यु खेल खेल्न दोस्रो हाफको ५० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।