काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजसँग प्रतिस्पर्धा गरिरहेको छ ।
किङ्सटनमा जमैकाले टस जितेको छ र पहिले बलिङ रोजेको छ । सन्दीपको टिम बार्बाडोसले ब्याटिङ गरिरहेको छ ।
जमैकाविरुद्ध सन्दीप पनि प्लेईङ सेटमा अटाएका छन् । आज बार्बाडोस दोस्रो जितको खोजीमा रहेको छ ।
दुई खेलमा १ जित र १ हार व्यहोरेको बार्बाडोस २ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । बार्बाडोस जित निकाल्दै शीर्ष तीनमा उक्लन चाहन्छ ।
जमैका भने पहिलो जितको खोजीमा हुनेछ । जमैकाले ४ खेलमा जित निकाल्न सकेको छैन । त्यसैले जमैका पहिलो जितमा बार्बाडोसलाई शिकार बनाउन चाहन्छ ।
जमैकाविरुद्धको खेलमा युवा लेग स्पिनर सन्दीप टिममा पर्ने सम्भावना बलियो रहेको छ । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप प्लेईङ-११ मा पर्ने सम्भावना बलियो रहेको छ ।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध बुधबार भएको खेलमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिएका थिए । पहिलो खेलमा भने सन्दीपले एक ओभर मात्र बलिङ गर्न पाएका थिए ।