एजेन्सी । ब्राजिलियन गोल किपर एलिसन बेकर यसै साता इन्ग्लिश क्लब लिभरपुलमा अनुबन्धित भए । २५ बर्षिय एलिसन ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट लिभरपुलमा अनुबन्धित भएका थिए ।
एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरका लागि अहिलेसम्मकै ठुलो रकम हो । यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।
एलिसन कीर्तिमानी मूल्यमा लिभरपुल भित्रिएसंगै क्लब फुटबलमा सर्वाधिक महँगो प्लेइङ सेटको तय भएको छ । क्लब फुटबलमा समर ट्रान्सफर विन्डो बन्द नहुँदै विश्वको महँगो प्लेइङ सेट तय भएको हो ।
पछिल्लो केहि बर्षमा भएको खेलाडी किनबेचको आधारमा महँगो प्लेइङ ११ तय भएको हो । जसको कुल मूल्य ९९२.५६ मिलियन पाउण्ड रहेको छ ।
सर्वाधिक महँगो प्लेइङ सेटमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका तीन खेलाडी परेका छन् । यस्तै इग्लिश क्लब लिभरपुल र पेरिस सेन्ट जर्मेन (पिएसजी) का दुई दुई खेलाडी आटाएका छन् । त्यस्तै युभेन्ट्स, रियल मड्रिड, बार्सिलोना र म्यानचेस्टर युनाइटेडका समान एक एक खेलाडी परेका छन् ।
यो सिजनको महँगो प्लेइङ ११ को गोलकिपर एलिसनले निभाउने छन् । यस्तै डिफेन्समा म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डी, सिटीकै एम्रिक लापोर्टे र केली वाल्कर तथा लिभरपुलका भिर्गिल भान डिजिक रहेका छन् ।
मिडफिल्डरमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, बार्सिलोनाका फिलिपे कौटिन्ह र रियल मड्रिडका जेम्स रोड्रीगेज रहेका छन् । यस्तै टोलीको फरवार्ड लाइन युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, पेरिस सेन्ट जर्मेन (पिएसजी) को नेयमार र पिएसजीकै केलियन एमबाप्पे रहेका छन् ।
कुन खेलाडीको कति महंगा ?
एलिसन बेकर : (रोमाबाट लिभरपुल सरुवा हुँदा ६५ मिलियन पाउण्ड )
बेन्जामिन मेन्डी : (मोनाकोबाट म्यानचेस्टर सिटी सरुवा हुँदा ५१.७५ मिलियन पाउण्ड)
भिर्गिल भान डिजिक : (साउथह्याम्पटनबाट लिभरपुल सरुवा हुँदा ७०.१ मिलियन पाउण्ड )
एम्रिक लापोर्टे : (एथलेटिक बिल्बाओबाट म्यानचेस्टर सिटी सरुवा हुँदा ५८.५ मिलियन पाउण्ड)
केली वाल्कर : (टोटनह्यामबाट म्यानचेस्टर सिटी सरुवा हुँदा ४७.५ मिलियन पाउण्ड)
पाउल पोग्बा : (युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड सरुवा हुँदा ९४ मिलियन पाउण्ड)
फिलिपे कौटिन्हो : (लिभरपुलबाट बार्सिलोना सरुवा हुँदा ११२.५ मिलियन पाउण्ड)
जेम्स रोड्रीगेज : (मोनाकोबाट रियल मड्रिड सरुवा हुँदा ६७.५ मिलियन पाउण्ड)
नेयमार : बार्सिलोनाबाट पिएसजी सरुवा हुँदा १९९.८ मिलियन पाउण्ड)
क्रिस्टियानो रोनाल्डो : (रियल मड्रिडबाट युभेन्ट्स सरुवा हुँदा १०५ मिलियन पाउण्ड)
केलियन एमबाप्पे : (मोनाकोबाट पिएसजी सरुवा हुँदा १२१ मिलियन पाउण्ड)
एजेन्सीको सहयोगमा