काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने यू-१५ महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
एन्फाले च्याम्पियनसिपको २३ सदसीय नेपाली महिला टोलीको घोषणा गरेको हो । अगष्ट ९ देखि १८ गतेसम्म भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बङ्गलादेश रहेका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन रहेका छन् ।
नेपाली टोली :
गोलकिपर – सावित्री किसान, पुजा थापा, करिना धिमाल
डिफेन्डर – खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार
मिडफिल्डर – प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल,
फरवार्ड – रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी, अनुष्का शेर्पा