एजेन्सी । इन्टरनेश्नल च्याम्पियन्स कपमा जर्मन क्लब बार्यन म्युनिखले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको छ ।
प्रि सिजन तयारीमा रहेका दुवै क्लबको सिजनको पहिलो भिडन्तमा बुन्डेशलिगा च्याम्पियनले लिग वान विजेता पीएसजीलाई ३–१ ले सहजै पाखा लगायो ।
प्रशिक्षक निको कोभासले पहिलो खेलमै बुन्डेशलिगा क्लब बार्यनलाई जित दिलाउन सफल रहे ।
खेलमा १–० ले पछि परेको स्थितीलाई उल्ट्यादै बार्यनले खर्चिलो क्लब पीएसजीमाथी जित निकालेको हो ।
टिमोथी वाहले ३१ औ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । जाभि मार्टिन्जले ६० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६८ औ मिनेटमा रेनेटो साञ्चेजले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । ७८ औ मिनेटमा युवा खेलाडी जोसु जिकृजीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
पीएसजीले पाका गोलकिपर जियानलुईजी बुफोन सहित नयाँ खेलाडीलाई मैदान उतारेको थियो ।