काठमाडौं । कप्तान पारस खड्काको शतकिय इनिङ्सको मदतले युरोप भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको छ ।
३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७ दशमलव १ ओभरमा १ सय १९ रनमा समेटियाे । नेपालका ललित राजवंशीले कसिलो बलिङ गर्दै घरेलु टोलीको इनिङ्स धरासायी बनाए । उनले ५ विकेट लिए । ह्यामसायरका ह्यारी फिसलकाे ३३ रन टोलीको सर्वाधिक स्कोर रह्यो ।
यसअघि, सुरुवाती व्याटिङ गरेको नेपालले पारसको शतकिय इनिङ्सकाे मदतले ३ सय ६२ रन बनाएको थियो ।
निर्धारित ओभरमा अलआउट हुँदै नेपालले सो योगफल तयार पारेको थियो । १ सय ६ बलको सामना गरेका पारसले चौका र ७ हक्का प्रहार गरे ।
ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भएको खेलमा सुवास खकुरेलले ११ रन मात्र जोड्न सके । शरद भेषवाकर १४, दिपेन्द्र सिंह ऐरीले ३७, आरिफ शेखले २७, रोहित कुमार पौडेलले ४४, करन केसीले ११, सन्दिप लामिछानेले १६, ललित भण्डारीले १६ र ललितनारायण राजबंशीले २ रन बनाए ।
स्थानीय क्लबका जोन पोर्टलले सर्वाधिक ४ विकेट लिए ।
पारस खड्का ‘म्यान अफ दि म्याच’ घोषित भए ।
इङ्ल्याण्डको लड्समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेटको तयारी स्वरुप नेपालले अभ्यास खेल खेलेको हो ।