काठमाडौं । युरोप भ्रमणमा रहेको नेपालले इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेको छ ।
स्थनीय टोलीविरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै १ सय ६१ रन बनाएका छन् । कप्तान खड्काको शतकिय इनिङ्सको मदतले नेपालले निर्धारित ओभरमा अलआउट हुदै ३ सय ६२ रन बनाएको छ ।
१ सय ६ बलको सामना गरेका उनले १९ चौका र ७ हक्का प्रहार गरे ।
ओपनर ज्ञानेन्द्र मल्ल ५ रनमा आउट भएको खेलमा अर्का ओपनर सुवास खकुरेलले ११ रन मात्र जोड्न सके । शरद भेषवाकर १४, दिपेन्द्र सिंह ऐरीले ३७, आरिफ शेखले २७, रोहित कुमार पौडेलले ४४, करन केसीले ११, सन्दिप लामिछानेले १६, ललित भण्डारीले १६ र ललितनारायण राजबंशीले २ रन बनाए ।
स्थानीय क्लबका जोन पोर्टलले सर्वाधिक ४ विकेट लिए । ३ सय ६३ रनको विजयी लक्ष्य साथ ह्यामसायर होग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
इङ्ल्याण्डको लड्समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेटको तयारी स्वरुप नेपालले अभ्यास खेल खेलिएको हो ।