काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको २८६ रनको फराकिलो लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेपालविरुद्ध ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको छ । सागर ढकालले युएईका भ्रितय अर्भिन्दलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।
१९ ओभरको खेल सकिदा युएईले ३ विकेट गुमाएर ७० रन बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे ।
युएईका आकाश ताहिर र सन्चित शर्माले ३/३ विकेट लिए ।