काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा युएईविरुद्ध नेपालले १०० रन पुरा गरेको छ । खराब सुरुवात गरेको नेपालले २१ ओभरमा ३ विकेट गुमाएर १०० रन पुरा गरेको हो ।
४ ओभर भित्रै २ विकेट गुमाईसकेको नेपालको इनिङ्स आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेका थिए । आसिफ ४६ रनमा आउट भए । कप्तान रोहित ४१ रनमा अविजित रहेका छन् ।
यसअघि नेपालले पवन सर्राफ र रित गौतमलाई सुन्य रनमा गुमाएको थियो ।