काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा युएईविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ । तर, नेपालले खराब ब्याटिङ प्रदर्शन गरिरहेको छ । नेपालले ४ ओभर भित्रै २ विकेट गुमाईसकेको छ ।
नेपालले दोस्रो विकेटको रुपमा पवन सर्राफलाई सुन्य रनमा गुमाएको छ । त्यसअघि नेपालले रित गौतमलाई पनि सुन्य रनमा गुमाएको थियो ।
नेपालले ५ ओभरको खेल सकिदा २ विकेट गुमाएर ९ रन जोडेको छ ।
युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।
तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।
समूह 'बी' मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।