एजेन्सी । घरेलु टिम बंगलादेशविरुद्धको एक खेलको टेष्ट क्रिकेट अफगानिस्तानले जितेको छ ।
टेष्टको पाँचौं दिन सोमबार बंगलादेशलाई २२४ रनले पराजित गर्दै अफगानिस्तानले टेष्टमा कब्जा जमाएको हो ।
अफगानिस्तानले दिएको ३९८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको बंगलादेश ६१ ओभर ४ बलमा अलआउट हुँदै १७३ रनमा समेटियो ।
अफगानी बलर राशिद खान चम्किएपछि बंगलादेश सस्तैमा रोकिएको हो । बंगलादेशका लागि शाकिब अल हसनले ४४ तथा सादमान इस्लामले ४१ रन बनाए ।
अफगानिस्तानका कप्तान समेत रहेका राशिदले ४९ रन खर्चेर ६ विकेट लिए । यस्तै जाहिर खानले ३ विकेट लिए ।
यसअघि अफगानिस्तान दोस्रो इनिङ्समा २६० रन जोड्दा अलआउट भएको थियो । अफगानिस्तानको लागि इब्राहिम जाद्रनले ८७ तथा अस्घर अफगानले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यस्तै रहमत शाहले शतकीय इनिङ्स खेलेपछि पहिलो इनिसमा अफगानिस्तानले ३४२ रन बनाएको थियो ।
बंगलादेशले भने पहिलो इनिङ्समा २०५ रन बनाएको थियो ।