एजेन्सी । इटालियन जाइन्ट एसी मिलानविरुद्ध युरोपियन फुटबल महासंघ (युइएफए) ले लगाएको प्रतिबन्ध हटेको छ ।
खेलाडी किनबेचमा क्लबले फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै युइएफएले तीनसाता अघि मिलानलाई एक बर्ष युरोपियन फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो । तर, खेलकुदको अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट्स (कास) ले शुक्रबार मिलानलाई लागेको प्रतिबन्ध हराउने फैसला गरेको हो ।
कासको निर्णयसंगै मिलानले यो सिजनको सिरी ए लिग र युरोपा लिग खेल्ने छ ।
गत सिजन मिलानले खेलाडी अनुबन्ध गर्दा ६०० पाउण्ड खर्च गरेको देखिएको थियो । क्लबको आम्दानी भन्दा बढी रकम खेलाडी अनुबन्धमा खर्चिएपछि युइएफएले मिलानमाथी छानबीन गरेको थियो । छानबीनमा दोषी देखिएपछि युइएफएले मिलानलाई एक बर्ष प्रतिबन्ध लगाएको थियो ।
तर, मिलानले आफ्नो क्लब पारदर्शी रहेको स्पष्ट पार्दै युइएफएको निर्णयविरुद्ध कासमा अपील गरेको थियो । र, कासले मिलानको पक्षमा फैसला गरेको छ । यस्तै कासले युइएफएलाई प्रतिबन्ध भन्दा एक आनुपातिक अनुशासनात्मक उपाय खोज्न समेत भनेको छ ।