एजेन्सी । दक्षिण कोरियाली स्टार सन ह्युङ मिनले इङ्लिस क्लब टोटनह्यामसंग पाँच बर्षको सम्झौता नविकरण गरेका छन् । प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सनले टोटनह्यामले राखेको पाँच बर्षको सम्झौता प्रस्तावमा सहमती जनाएका छन् ।
समर ट्रान्सफरमा उनीलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले आखाँ लगाईरहेको थियो । उनी सन् २०१५ मा जर्मन क्लब बार्यन लिभरकुसेनबाट प्रिमियर लिगमा आएका थिए । उनले १ सय ४० खेलमा ४७ गोल गर्दै आफुलाई सिद्ध गरिसकेका छन् ।
तीन पटक दक्षिण कोरियाका बर्ष पुरुष फुटबल खेलाडी भएका उनी प्रिमियर लिगमा महिनाको उत्कृष्ट खेलाडीको उपाधि जित्ने पहिलो एसियन खेलाडी हुन् ।
सन् २०१० मा सिरियाविरुद्ध खेल्दै अन्तराष्ट्रिय फुटबलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीको जर्सीमा ७० खेल खेलेका उनले २३ गोल गरेका छन् ।