एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलका फरवार्ड साडियो मानेले यो सिजन १० नम्बरको जर्सी लगाउने भएका छन् । लिभरपुलले शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै यो सिजन मानेले १० नम्बरको जर्सी लगाउने जनाएको हो ।
सेनेगलका २६ बर्षीय मानेले यसअघि लिभरपुलबाट १९ नम्बरको जर्सी लगाउदै आएका थिए । यो सिजनबाट मानेले नयाँ जर्सी नम्बर प्रयोग गर्ने छन् ।
यसअघि १० नम्बरको जर्सी लिभरपुलमा ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होले लगाउने गर्थे। तर, कौटिन्हो गत सिजन बार्सिलोना गएपछि १० नम्बरको जर्सी खाली रहेको थियो।