काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले अहिले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले १०० रन पुरा गरेको छ ।
श्रीलंकाले १८ ओभरको खेल सकिदा २ विकेट गुमाएर १०४ रन बनाएको छ । अब श्रीलंकालाई जितका ५५ लागि रन आवश्यकता रहेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालको सम्मान जनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६ बलमा सर्वाधिक ५४ रन बनाए ।
खेलको ९ ओभरमा नेपालले २ विकेट गुमाएर ४३ रन जोड्दा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि ४२ ओभरमा खेल झारिएको थियो ।
यस्तै कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । त्यस्तै राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रन जोडे ।
नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३/३ विकेट लिए ।
समूह 'बी' मा रहेको नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्र श्रीलंकालाई हराउन नेपाललाई कठिन चुनौती रहेको छ ।