काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले अहिले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि रित गौतमले अर्धशतक बनाएका छन् ।
रितले ७३ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा रितले ४ चौका प्रहार गरे ।
२७ ओभरको खेल सकिदा रित ५२ रन बनाएर खेलिरहेका छन् ।
नेपालले २७ ओभरमा १०९ रन बनाएर खेलिरहेको छ । रितलाई रोहितले ३७ रन बनाएर साथ दिईरहेका छन् ।