काठमाडौं । प्रथम उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा रौतहट र काठमाडौं च्याम्पियन भएका छन् । बिहिबार भएको फाइनलमा दुवै टोलीले समान १–० को जित निकाल्दै च्याम्पियन बनेका हुन् ।
हेटौडामा भएको फाइनलमा काठमाडौंले सिन्धुपाल्चोकलाई प्रतिस्पर्धात्मक खेलमा १–० को झिनोे गोल अन्तरले पराजित गर्यो । काठमाडौंलाई जित दिलाउन सुन्कला राईले निर्णायक एक गोल गरिन् ।
त्यस्तै बिहिबार नै रौतहटमा भएको फाइनल खेलमा आयोजकले कैलालीलाई पनि १–० ले नै पराजित गर्यो । रौतहटको लागि निर्णायक गोल रस्मि गुरुङले गरेकी थिइन् ।
प्रतियोगितामा विजेता टिमलाई तीस हजार र उपविजेता टिमलाई पन्ध्र हजार नगर सहित मेडल पुरस्कारले पुरस्कृत गरिएको थियो ।