दार्चुला । दार्चुला जिल्लामा पहिलो संस्करणको मालिकार्जुन प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता असोजमा आयोजना हुने भएको छ ।
दिपेन्द्र धामी स्मृति प्रतिस्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता असोज २३ गतेबाट कात्तिक ५ गतेसम्म हुनेछ ।
दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा धाप क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन असोज १८ गतेसम्म दर्ता समय राखिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय १ रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ६ हजार ५ सय नगद प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदयमान खेलाडीलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।