काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई जितका लागि १६३ रनको मध्यम लक्ष्य दिएको छ ।
श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ४६ ओभरमा ९ विकेट गुमाएर १६२ रन बनायो ।
वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा अफगानिस्तानका लागि सेडिकउल्लाह अटलले २९ रन जोडे । यस्तै रहमान उल्लाहले २७ तथा कप्तान फरहान जाखिलले १९ रन बनाए ।
अफगानिस्तानलाई सस्तैमा रोक्न पाकिस्तानका अमीर अली र फाहद मुनिरले ३/३ विकेट लिए । यस्तै अब्बास अफ्रिदीले २ विकेट लिए ।
समूह 'ए' मा रहेका दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यस समूहमा भारत र कुवेत समेत रहेको छ ।
नेपाल सम्मलित समूह 'बी' को खेल भने शुक्रबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले श्रीलंकासँग शुक्रबार खेल्नेछ ।