एजेन्सी । एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको चौंथो टेष्टमा अष्ट्रेलियाले मध्यम सुरुवात गरेको छ ।
म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ३ विकेट गुमाएर १७० रन बनाएको छ ।
पहिलो इनिङ्समा चोटबाट मुक्त हुँदै टिममा पुनरागमन गरेका स्टिभ स्मिथ अर्धशतकीय इनिङ्स खेल्दै क्रिजमा रहेका छन् । स्मिथले अविजित ६० रन बनाएका छन् ।
चोटका कारण स्मिथले तेस्रो टेष्ट गुमाएका थिए । दोस्रो टेष्ट क्रिकेटको दौरान घाइते भएका स्मिथले तेस्रो टेष्ट गुमाएका थिए ।
दोस्रो टेष्ट अन्तर्गत ब्याटिङ गर्ने क्रममा बलले लाग्दा स्मिथ घाइते भएका थिए । इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा उनि घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो ।
यस्तै अष्ट्रेलियाका लागि मार्नुसले ६७ रन बनाएर आउट भए । डेभिड वार्नर सुन्य रनमा आउट हुँदा मार्कुस हारिसले १३ रन बनाए ।
टार्भिस हेड १८ रनमा अविजित छन् ।
इंग्ल्याण्डका स्टुवार्ड वोर्डले २ तथा क्रेग ओभर्टनले १ विकेट लिएका छन् ।
दुई टोलीबीचको पाँच खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।