काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टोलीले अन्तिम तयारी गरिरहेको छ ।
तयारी स्वरूप नेपालले बुधबार अभ्यास गरेको छ ।
यसअघि नेपालले तीन अभ्यास खेल खेलेको थियो । जसमा दुई हार र एक जित निकालेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह 'बी' मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
तस्विर : रमेश शिवाकोटी