एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले आगामी सिजनको लागि भारतीय अफ स्पिनर रविचन्द्र आश्विनलाई अनुबन्ध गर्ने भएको छ ।
दिल्लीले आश्विन अनुबन्धको लागि तयारी गरिरहेको क्रिकेट वेबसाइट क्रिकइन्फोले जनाएको छ । किङ्स इलाभेन पन्जाबका कप्तान आश्विन दिल्ली आउने सम्भावना बलियो रहेको समेत क्रिकइन्फोले जनाएको छ ।
पन्जाबले सन् २०१८ को अक्सनमा आश्विनलाई ७ करोड भारुमा अनुबन्ध गरेको थियो ।
यस्तै पन्जाबले आश्विनको स्थानमा लोकेश राहुललाई कप्तान बनाउने तयारी समेत गरेको छ ।
आश्विनको कप्तानीमा पन्जाबले पछिल्लो दुई सिजनमा १२ जित निकाल्दा १६ खेलम हार व्यहोरेको छ ।
यस्तै आश्विन अनुबन्धको लागि सनराइजर्स हैदरवादले समेत इच्छा देखाईरहेको क्रिकइन्फोले जनाएको छ ।