काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाललेबन्द प्रशिक्षण सुरु गरेको छ ।
नेपालले मंगलबारबाट टियु क्रिकेट मैदानमा सागको बन्द प्रशिक्षण सुरु गरेको हो । सागका लागि नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ ।
पहिलो दिनको प्रशिक्षणमा २५ खेलाडीको उपस्थिति रहेको राखेप सदस्य शैलेश कर्माचार्यले खेलपाटीलाई जानकारी गराए ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक उमेश पटवालसहित प्रशिक्षक मनोज कटवाल र प्रदीप राज पाण्डेले प्रशिक्षण गराउने छन्।
नेपाली टोलीको बन्द प्रशिक्षण आइतबारबाट गर्ने जनाईए पनि मंगलबारबाट सुरु भएको हो ।
नेपाली टोलीको पहिलो दिनको बन्द प्रशिक्षणको निरिक्षण गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश कुमार सिलवाल टियु मैदान पुगेका थिए ।
सागका लागि महिला टिमको तयारी भने दुई साताअघि बाटै सुरु भईसकेको छ । नेपालमा हुने साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुदैछ ।
पुरुषको प्रारम्भिक टिम :
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
वसन्त रेग्मी
राजु रिजाल
जितेन्द्र मुखिया
प्रदिप ऐरी
सुनिल धमला
सौरभ खनाल
ललित सिंह भण्डारी
बिक्रम सोब
इशान पाण्डे
करण केसी
मोहम्मद आरिफ शेख
विनोद भण्डारी
सन्दीप जोरा
कुशल मल्ल
रित गौतम
पवन सरार्फ
अमित श्रेष्ठ
किशोर महतो
मोहम्मद आशिफ शेख
सुसन भारी
अनिल कुमार शाह
अभिनास बोहोरा
सन्दीप लामिछाने
ललित नारायण राजवंशी
नन्दन यादव
रोहित कुमार पौडेल
भिम सार्की
कुशल भुर्तेल
दिपेन्द्रसिंह ऐरी
सोमपाल कामी
सागर ढकाल
शाहब आलम