एजेन्सी । अष्ट्रेलिया ब्याट्सम्यान उस्मान ख्वाजा एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको चौंथो टेष्टको टिमबाट बाहिरिएका छन् ।
अष्ट्रेलियाले चौंथो टेष्टका लागि घोषणा गरेको प्लेईङ-११ मा ख्वाजा अटाएका छैनन् । चोटका कारण टिम बाहिर रहेका स्टिभ स्मिथ टिममा फर्किएपछि ख्वाजा टिमबाट बाहिरिएका हुन् ।
चोटका कारण स्मिथले तेस्रो टेष्ट सिरिज गुमाएका थिए । दोस्रो टेष्ट क्रिकेटको दौरान घाइते भएका स्मिथले तेस्रो टेष्ट गुमाएका थिए ।
दोस्रो टेष्ट अन्तर्गत ब्याटिङ गर्ने क्रममा बलले लाग्दा स्मिथ घाइते भएका थिए । इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा उनि घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो ।
यस्तै चौंथो टेष्टमा पेस बलर मिचेल स्टार्कले टिममा स्थान बनाएका छन् ।
दुई टोलीबीचको चौंथो टेष्ट बुधबार सुरु हुनेछ । पाँच खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।