काठमाडौं । आयोजक डीएभी स्कुलले तेस्रो संस्करणको सुशील केडिया मेमोरियल अन्तर विद्यालय र कलेज स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
डीएभी सुशील केडिया विश्व भारतीस्कुलले आयोजना गरेको प्रतियोगिताको स्कुल र कलेज दुवै तर्फ डीएभी च्याम्पियन बनेको हो ।
आइतबार भएको स्कुलतर्फको फाइनलमा डीएभीले अक्षरा स्कुललाई ५३ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको डीएभीले १० ओभरमा दिएको १०७ रनको लक्ष्य पछ्याएको अक्षराले ५३ रन मात्रै बनाउन सक्यो । प्लेयर अफ द म्याच समेत चुनिएका डीएभीका सक्षम न्यौपानेले सर्वाधिक ३० रन बनाए ।
स्कुलतर्फ सर्वोकृष्ट खेलाडी नाइटिङगेलका सुशान्त यादब चुनिए । यस्तै उत्कृष्ट ब्याट्सम्यान विश्वनिकेतनका सुनिल ठाकुर, बलर डीएभीका प्रसिद्ध बज्राचार्य र विकेटकिपर डीएभीकै इनप महर्जन घोषित भए।
कलेजतर्फको उपाधि जित्ने क्रममा डीएभीले ब्लु बर्ड कलेजलाई २ रनले पराजित गर्यो । डीएभीले दिएको ७० रनको लक्ष्य पछ्याउने क्रममा ब्लु बर्डले ६७ रन बनाउन सक्यो । डीएभीका पियुश शाहले १५ रन बनाए ।
कलेजतर्फ डीएभीका नितिन अग्रवाल सर्वोकृष्ट खेलाडी चुनिए । डीएभीकै अंकित अग्रवाल उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान ब्लु बर्डका दिपक डुम्रे चुनिए।
प्रतियोगितामा कुल २४ स्कुल र कलेजहरुको सहभागिता रहेको थियो।