काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार प्रशिक्षणमा रहेका खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको हो ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ४५ खेलाडीबाट ३२ खेलाडी छनोट गरेको हो । सागको पुरुष फुटबलमा यू-२३ उमेर समूहका खेलाडीले सहभागिता जनाउने छन् । जसमा ३ जना सिनियर खेलाडी राख्न पाउनेछन् ।
नेपालले भारतमा सम्पन्न १२ औं सागमा स्वर्ण जितेको थियो ।
मंसिर १५ बाट २४ सम्म आयोजना हुने सागको पुरुष फुटबल काठमाडौंमा हुनेछ ।
गोलकिपर : किरण चेम्जोङ, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, रोमन रसाईली
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, बिक्रम लामा, राम चन्द्र वाजी, रोहित चन्द, विकास खवास, अशिम भुजेल, मिक्चेन भुजेल, रोमन लिम्बु, छिरिङ गुरुङ
मिडफिल्डर : सुजल श्रेष्ठ, अन्जन बिष्ट, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, एरिक बिष्ट, दिपेश आले मगर, तेज तामाङ
फरवार्ड : नवयुग श्रेष्ठ, विमल घर्ति मगर, अभिषेक रिजाल, प्रिजन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चन, राजेश परियार