काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको हो । मुख्य प्रशिक्षक हरी खड्काले पहिलो चरणमा १० खेलाडीलाई टिम बाहिर राखेको छ ।
किर्गीस्तानमा आयोजना हुने 'नादेझ्दा कप' अघि अन्तिम २३ सदस्सीय नेपालीको टोलीको घोषणा गर्ने जनाएको छ ।
नादेझ्दा कप सेप्टेम्बर ६ देखि १३ सम्म हुनेछ । जसमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले सागका लागि गत साउन २६ गतेबाट प्रशिक्षण थालेको थियो । नेपाली टोलीले सुरुवातमा एन्फा कम्प्लेक्स मैदान सातदोबाटो र हाल नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मैदानमा प्रशिक्षण गरिरहेको छ ।
मंसिर १५ बाट २४ सम्म आयोजना हुने सागको महिला फुटबल पोखरामा रंगशालामा हुनेछ ।
गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल,गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्गा मगर,विमला विके, पुजा राना मगर, रोजिना श्रेष्ठ,घिम कुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल
मिडफिल्डर : अन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी, दिपा राई, सपना लामा, सर्मिला थापा, सबिता राना मगर, प्रिती राई
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री, रश्मी कुमारी घिसिङ