काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको ‘ड्र’ फेरी सार्वजनीक गरिने भएको छ । यसअघि सार्वजनीक भएको ‘ड्र’ लाई रद्ध गर्दै फेरी नयाँ समुह विभाजन गरिने भएको हो ।
सिरिया र प्यालेष्टाईनलाई एसियन गेम्समा सहभागि गराउनु पर्ने भएकाले ‘ड्र’ नयाँ निकाल्ने तयारी गरिएको छ ।
एसियन कपको यसअघि सार्वजनीक गरिएको ‘ड्र’ अनुसार नेपाल समुह ‘डी’ मा परेको थियो । नेपाल रहेको समुहमा एसियन पावर हाउस जापान सहित भियतनाम र पाकिस्तान परेका थिए ।
एसियन गेम्स आगामी महिना इन्डोनेसियाको जाकार्तामा हुदैछ । सो प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ मा हुदैछ ।
प्रतियोगिताकालागि २० सदस्यीय नेपाली टोलीको घोषणा यसअघिनै गरिएको छ ।
जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई सिनियर खेलाडीको रुपमा प्रतियोगितामा समावेश गरिएको छ । एसियन गेम्समा २३ बर्षका मुनिका खेलाडी समावेश हुन्छन् । जसमा २३ बर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।