एजेन्सी । इटालीका पूर्व स्ट्राइकर जियानफ्रान्को जोला चेल्सी फर्किएका छन् । पुर्व स्ट्राइकर जियानफ्रान्को सहायक प्रशिक्षकको भूमिकामा चेल्सी फर्किएका हुन् ।
चेल्सीले मुख्य प्रशिक्षक मौरीजियाने सारी नियुक्त गरेको एक साता नबित्दै जियानफ्रान्कोलाई सहायक प्रशिक्षक भूमिकामा नियुक्त गरेको हो ।
जियानफ्रान्कोले सन् १९९६ देखि २००३ सम्म चेल्सीबाट खेलेका थिए । चेल्सीमा रहदा जियानफ्रान्कोले दुई एफए कप र एक एक पटक यूएफा कप, यूएफा सुपर कप र लिग कप जितेका थिए । ५२ बर्षीय जियानफ्रान्कोले चेल्सीका लागि ३१२ खेलमा ८० गोल गरेका थिए ।
चेल्सीको सहायक प्रशिक्षक बनेपछि जियानफ्रान्कोले आफुले क्लबको लागि सक्ने सहयोग गर्ने बताए । बिर्मिनघमका पुर्व प्रशिक्षक समेत रहेका जियानफ्रान्कोले चेल्सीमा आबद्द हुन पाउदा आफुलाई खुसी लागेको समेत बताए ।
जियानफ्रान्कोले इन्ग्लिश क्लब वेष्ट ह्याम युनाइटेड, वाट्फोर्ड र इटालियन क्लब काग्लियारीको टिम सम्हालीसकेका छन् ।