काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको छ ।
कोलम्बोमा शुक्रबार भएको खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब चिल मरियन्ससँग ८९ रनले पराजित भएको हो ।
मरियन्सले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा १ सय ३५ रन बनाउँदा अलआउट भयो ।
नेपालको हार तस्बिरमा हेर्नुहोस् -
तस्विर : रमण सिवाकोटी