काठमाडौं । नेपालका दुई क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो क्रिकेट खेल्न सिंगापुर जाने भएका छन् ।
सिंगापुरमा आयोजना हुने एक क्रिकेट प्रतियोगिताको लागि अमित र किशोर आज राति त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नेपाल पुलिस क्लबका अमित श्रेष्ठ र गण्डकी प्रदेशका किशोरले मलेसिया, नेपाल र सिंगापुरको खेलाडी रहेको टोलीबाट खेल्नेछन् । तीन राष्ट्रका खेलाडी सम्मलित टिमले सिंगापुरको राष्ट्रिय टिमविरुद्ध खेल्नेछन् ।
अमित र किशोर राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि असोज २२ गते नेपाल आइपुग्ने छन् । दुवै खेलाडी साग टिमको प्रारम्भिक नेपाली टोलीमा रहेका छन् ।