काठमाडौं । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज पनि दुई खेल हुदैछन् । पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी तथा लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने खेल दिउँसो साढे एक बजे सूरु हुनेछ । अर्को खेलमा समुह एकै अर्को टोली सरस्वती युथ क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
उद्घाटन खेलमा आर्मीले सरस्वतीलाई ४–० ले हराएको थियो । एनआरटीले मछिन्द्रमाथी ३–१ को जित निकालेको थियो । आजको खेलमा जित हात पार्दै आर्मी र एनआरटी अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छन् ।
क्वार्टरफाईनलको यात्रा सहज बनाउन सरस्वती र मछिन्द्रलाई समेत जितको आवश्यकता छ ।