एजेन्सी । ब्राजिली गोलकिपर एलिसन बेकरलाई इङ्लिस क्लब लिभरपुलले कीर्तिमानी रकमको अनुबन्धन प्रस्ताव अघि सारेको छ । प्रिमियर लिग क्लब लिभरपुलले ब्राजिली गोलकिपर एलिसनलाई ६२ मिलियन पाउण्डको कीर्तिमानी प्रस्ताव अघि सारेको हो ।
लिभरपुलले गरेको प्रस्ताव गोलकिपरकालागि अहिलेसम्मकै ठुलो रकम हो । रोमाले लिभरपुलको प्रस्तावमा छलफल गरिरेहको छ । उसले अहिलेसम्म कुनै निर्णय दिएको छैन । इटालिन क्लबले एलिसनकालागि ६६ मिलियन पाउण्ड चाहिने बताउदै आएको छ ।
एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए ।
२५ बर्षिया एलिसन दुई बर्ष अघि मात्र रोमासंग जोडिएका थिए । उनले गत सिजन ३७ सिरि ए खेलमा सहभागिता जनाएका थिए ।
लिभरपुलले अघि सारेको ७० मिलियन युरोको प्रस्ताव अहिलेसम्मकै ठुलो प्रस्ताव हो । सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनकालागि पामालाई ५३ मिलियन युरो तिरेको थियो ।
यता, प्रिमियर लिगमा समेत म्यान्चेष्टर सिटीले कीर्तिमानी मुल्यमा बेन्फिकाका गोलकिपर इडरसनलाई ४० मिलियन युरोपमा गत बर्षमात्र क्लबमा अनुबन्धन गरेको थियो ।