एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेष्टमा न्युजिल्याण्डले जित हात पारेको छ । न्युजिल्याण्डले सोमबार श्रीलंकालाई एक इनिङ्स ६५ रनले हराएको हो ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले दुई इनिङ्समा न्युजिल्याण्डले एकै इनिङ्समा बनाएको रन पुरा गर्न सकेन ।
पहिलो इनिङ्समा श्रीलंका २ सय ४४ रन बनाउदा अलआउट भएको थियो । त्यसपछि श्रीलंकाले दोस्रो इनिङ्समा पनि खराब प्रदर्शन गर्यो ।
पहिलो इनिङ्समा १ सय ८७ रनले पछी परेको श्रीलंका दोस्रो इनिङ्समा ७० ओभर २ बलमा १ रन २२ बनाउँदा अलआउट भयो ।
श्रीलंकाका निरोशन डिक्वालाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान दिमुथा करुनारत्नेले २१, कुसल मेण्डिसले २० र सुरंगा लक्मलले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, टिम साउथि, अजाज पटेल र विलियम सोमरविल्लीले समान २/२ विकेट हात पारे ।
पहिलो इनिङ्समा श्रीलंकालाई सस्तैमा समेटेको न्युजिल्याण्डले आफ्नो पहिलो इनिङ्समा ६ विकेट गुमाएर ४ सय ३१ रन बनाएको थियो । उसका टम लाथमले १ सय ५४ तथा बिजे वाट्लिङले १ सय ५ रनको शतकीय इनिङ्स खेलेका थिए ।
दोस्रो तथा अन्तिम टेष्ट न्युजिल्याण्डले जितेसंगै २ खेलको टेष्ट सिरिज बराबरीमा सकिएको छ ।