काठमाडौं । वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) का क्रिकेट टोलीले युएईमा आयोजना हुने 'वाईटीसीए आमन्त्रण कप' क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
युएईको अजमानमा अगष्ट २६ देखि ३० सम्म संचालन हुने प्रतियोगितामा जिएचसीएसहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
अजमान ओभल र अल बताया मैदानमा हुने प्रतियोगितामा योङ ट्यालेन्ट क्रिकेट एकेडमी, एमएस धोनी क्रिकेट एकेडमी, भिक्टोरिया क्रिकेट एकेडमी र किङ्स क्रिकेट एकेडमीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता ३० ओभरको हुनेछ । जसमा १७ वर्ष मुनिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।प्रतियोगितामा जिएचसीएले ४ वटा खेल खेल्नेछ ।
जिएचसीएको टिम दोस्रो पटक युएईको भ्रमणमा निस्कन लागेको हो । यसअघि सन् २०१७ मा जिएचसीएले युएईको भ्रमण गरेको थियो ।
प्रतियोगिताको लागि जिएचसीएको १६ सदस्सीय टिम सोमबार बेलुका युएई प्रस्थान गर्नेछन् । जिएचसीएको टोलीलाई सोमबार राखेपका निमित्त सदस्य सचिब राजेश गुरुङ लगायतले विदाई गरेका थिए ।
जिएचसीएको टिम :
डिकेन्द्र साह
अमित ढकाल
पियुस कुमार झा
विकेश श्रेष्ठ
अनुरोध पन्त
सन्देश पंगेनी
रोशन दवाडी
प्रतिक ढुंगाना
अदित्य कपुरी
बिराज शर्मा
राजु भुसाल
सचिन घिमिरे
अनुभव कार्की
प्रशिक्षक - सुदिप शर्मा
म्यानेजर - सुमन राज कार्की
सहायक म्यानेजर - नरेश केसी