काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला क्रिकेट टिम यतिबेला किर्तिपुरको टियु मैदानमा अभ्यासरत छन् ।
पहिलो पटक सागमा महिला क्रिकेट समावेश गरिएपछि महिला क्रिकेटरहरु निकै हौसिएका छन् । महिला क्रिकेटको इतिहासमा पहिलो पटक नेपालले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने हुँदा पनि खेलाडीहरु थप हौसिएका छन् ।
सागका लागि नेपाली महिला टोली करिब २ साताबाट नियमित प्रशिक्षण गरिरहेका छन् । प्रारम्भिक प्रशिक्षणमा ३५ खेलाडीहरु रहेका छन् । उनीहरुलाई पाँच छुट्टाछुट्टै प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन् ।
महिला टिमको तयारी फोटोमा हेर्नुहोस् ।
तस्विर : विश्वास थापा