काठमाडौं । हेटौंडा र रौतहटमा जारी उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । मंगलबारबाट सेमिफाइनल खेल सकिएसंगै फाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।
हेटौंडामा मंगलबार भएको खेलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । फाइनलमा सिन्धुपाल्चोकले काठमाडौंसंग खेल्ने छ । काठमाडौं सोमबार नै फाइनल पुगिसकेको छ ।
रौतहटमा भएको खेलमा कैलालीले मोरङलाई हराएर फाइनल यात्रा तय गर्यो । कैलालीले फाइनल यात्रा तय गर्ने क्रममा मोरङ्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
अब फाइनलमा कैलालीले आयोजक रौतहटसंग खेल्ने छ । फाइनल खेल असार तीन गते हुनेछ ।