एजेन्सी । श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
खेलाडीमाथि आतंकवादी हमला भएको १० वर्षपछि श्रीलंकाले एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि आगामी सेप्टम्बरमा पाकिस्तानको भ्रमण गर्ने भएका छन् ।
सन् २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंकाले पाकिस्तानको भ्रमण गरेका थिएनन् । तर, लामो समयपछि श्रीलंकाको टिम पाकिस्तान जान सहमत भएका छन् ।
श्रीलंकाले सेप्टेम्बरमा घरेलु टोलीसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छन् । २७ सेप्टेम्बरबाट सुरु हुने एकदिवसीय सिरिज कराँचीमा हुनेछ । यस्तै ५ अक्टोबरबाट सुरु हुने टी-ट्वान्टी सिरिज लाहोरमा हुनेछ ।
श्रीलंका र पाकिस्तानबीचको टेष्ट सिरिज भने यूएईमा हुने बताईएको छ ।