एजेन्सी । गत सिजनको स्पेनिस ला लिगा विजेता बार्सिलोनाले कीर्तिमानी आम्दानी गरेको छ । ब्राजिली सुपरस्टार नेयमारलाई कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा बेचेको बार्साले गत सिजन ८ सय ९ मिलियन पाउण्ड आम्दानी गरेको छ ।
उसले सन् २०२१ सम्म १ विलियन युरो आम्दानी गर्ने लक्ष्य राखेको समेत बनाएको छ । बार्सिलोनाले गत सिजन कीर्तिमानी रकम २ सय मिलियन पाउण्डमा नेयमारलाई पीएसजीमा बेचेको थियो । सो क्रममा उसले दुई ठुला खेलाडी सरुवा बजारबाट किनेको थियो ।
उसले उसमान डेम्बेलेलाई ९६ मिलियन र फिलिप काउटिन्होलाई १ सय ६ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो । ‘बोर्डले बर्षको अन्तिम मुल्याङ्कन सकारात्मक रुपमा लिदै सन् २०२१ सम्म क्लबको आयलाई १ विलियन युरो पु¥याउने लक्ष्य राखेको छ ।’ क्लबले भनेको छ ।
उसले गत सिजन ला लिगासंगै कोपा डेल रेको समेत उपाधि उचालेको थियो । तर बार्सा च्याम्पियन्स लिगमा भने इटालीको रोमासंग पराजित हुदै क्वार्टरफाईनलबाटै बाहिरिएको थियो ।