एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर डेली ब्लाइन्ड डच क्लब आयक्समा अनुबन्धित भएका छन् । युनाइटेडका सेन्टर ब्याक ब्लाइन्ड चार बर्षपछि घरेलु क्लब फर्किएका हुन् ।
नेदरल्याण्डका डिफेन्डर ब्लाइन्ड १८.५ मिलियन पाउण्डमा पुर्व क्लब फर्किएका हुन् । उनी सन् २०१४ मा आयक्सबाटै युनाइटेड आएका थिए । उनलाई भित्राउन युनाइटेडले १३.८ मिलियन पाउण्ड तिरेको थियो । ब्लाइन्डले क्लबसंग १४ मिलियन पाउण्ड पाउनेगरी चार बर्षे सम्झौता गरेका छन् ।
आयक्स गएपछि ब्लाइन्डले विश्वकै उत्कृष्ट क्लबबाट खेल्न पाएकोमा गौरव भएको बताए । ब्लाइन्डले ट्वीट गरेका छन्, 'सर्वप्रथम म्यानचेस्टर युनाइटेडको परिवार हुन् पाउदाको गर्व म व्यक्त गर्न चाहन्छु । मैले विश्वको ठुलो क्लबबाट खेल्ने मौका पाए । चार बर्ष मेरो लागि उत्कृष्ट रह्यो । चार ट्रफी जित्न सके, यो ऐतिहासिक हो । म सबैलाई धन्यवाद दिन चाहन्छु । म यहाँहरुलाई सम्झिरहने छु । तर, यो समय घर फर्कने समय हो ।'
आयक्सबाटै फुटबल करियर सुरु गरेका २८ बर्षीय ब्लाइन्डले युनाइटेडबाट ४ उपाधि जितेका थिए । युनाइटेडबाट १४१ खेल खेल्दै ब्लाइन्डले युरोपा लिग, एफए कप, लिग कप र कम्युनिटी शिल्ड जितेका थिए ।