एजेन्सी । एसेज सिरिज अन्तर्गत तेस्रो टेष्टको पहिलो इनिङ्समा घरेलु टोली इंग्ल्याण्ड ६७ रनमा अलआउट भएको छ ।
लिड्समा अष्ट्रेलियालाई १७९ रनमा समेटेर पहिलो इनिङ्स थालेको इंग्ल्याण्ड २७ ओभर ५ बलमा अलआउट भएको हो । खराब प्रदर्शन गरेको इंग्ल्याण्ड पहिलो इनिङ्समा अष्ट्रेलियासँग ११२ रनले पछि परेको छ ।
पहिलो इनिङ्समा इंग्ल्याण्डका जोई डेन्लीले सर्वाधिक १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
इंग्ल्याण्डलाई सस्तैमा समेट्न जोश हजालउडले ३० रन खर्चेर ५ विकेट लिए । यस्तै पाट कुमिन्सले ३ तथा जेम्स पाटिनसनले ३ विकेट लिए ।
पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ । दुईबीचको दोस्रो टेष्ट 'ड्र' भएको थियो ।