एजेन्सी । विश्व विजेता फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले अपाङ्गगत तथा उपचाररत बालबालिकाको उपचारमा सहयोग गर्ने भएका छन् ।
रसिया विश्वकपमा आफुले पाएको कुल आम्दानी ५ करोड ६० लाख रुपैँया एक च्यारिटी संस्थालाई दिने एम्बाप्पेले घोषणा गरेका हुन् ।
एम्बाप्पेले विश्वकपबाट प्राप्त रकम उपचाररत तथा अपाङ्गता भएका बालबालिकामा खर्च गर्ने निर्णय गरेका हुन् ।
एम्बाप्पेले रसिया विश्वकपकमा युवा खेलाडिको अवार्ड पनि प्राप्त गरेका थिए । विश्वकपमा उनले ७ खेलमा ४ गोल गरेका थिए । व्यवसायीक रुपमा उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका छन् ।
उनी विश्वकपको फाईनलमा गोल गर्दै दोस्रो युवा खेलाडी बनेको छन् । यसअघि यो रेकर्ड ब्राजिलका पेलेले बनाएका थिए ।
एम्बाप्पेको प्रर्दशनबारे ट्विट गर्दै पेलेले यसरीनै एम्बाप्पेले आफ्नो रेकर्डलाई बराबरी गरे आफुले थन्काएका बुट निकाल्ने सक्ने बताएका थिए । जवाफमा एम्बाप्पेले राजा सधै राजानै हुने भन्दै पेलेप्रति आदरभाव प्रकट गरेका थिए ।