काठमाडौं । एसएआईएम इन्डोर क्रिकेट प्रतियोगिता भदौ तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक एसएआईएम कलेजले बुधबार पत्रकार सम्मेलन गर्दै प्लस टु र ब्याचलर स्तरीय प्रतियोगिता भदौ १५ गतेबाट २६ गतेसम्म हुने जनाएको छ ।
भेलोसिटी एरिनामा हुने प्रतियोगिताको प्लस टु तर्फ ३२ र ब्याचलरमा १६ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५५ हजार प्राप्त गर्दा उपविजेताले २६ हजार पाउने छन् । म्यान अफ दि सिरिजले ५ हजार ५ सय पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ३/३ हजार पाउने छन् ।
विजेता टिमका खेलाडीले एसएआईएम कलेजमा पूर्ण छात्रवृति र उपविजेता टोलीका खेलाडीले ५० प्रतिशत छात्रवृति पाउने छन् ।