एजेन्सी । विश्वकप विजेता फ्रान्सलाई घरमा भब्य स्वागत गरिएको छ । विश्वकप फुटबल उपाधि जितेर घर फर्किएको फ्रान्सेली टोलीलाई घरेलु भुमिमा भब्य स्वागत गरिएको हो ।
फ्रान्सेली राष्टपतिले विश्व विजेता टोलीलाई ‘लेजन डी ओनर’बाट सम्मान गर्ने घोषणा गरेका छन् । ‘लेजन डी ओवर’ फ्रान्सको सबै भन्दा ठुलो सम्मान हो । सन् १८०२ मा नेपोलियन बोनापार्टले सो सम्मान स्थापित गरेका थिए ।
फ्रान्सले क्रोएसियालाई फाईनलमा ४–२ ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । फ्रान्सले २० बर्षपछि विश्वकपको उपाधि उचालेको हो ।
समर्थकहरुको भिड खेलाडीलाई स्वागत गर्न विमानस्थलसम्मै पुगेको थियो । खेलाडीलाई राष्ट्रपतिको रिसेप्शनमा परेडकासाथ सम्मान गर्ने तयारी गरिएको छ । प्रशंसकहरु समारोह स्थालमा भाग लिन पुगेका छन् ।
तर केही स्थानमा हिसां भड्किएको छ । सो क्रममा केही मानिस मारिएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएको छ । समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नुपरेको छ ।