एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्ट सिरिज गुमाउने भएका छन् ।
दोस्रो टेष्ट क्रिकेटको दौरान घाइते भएका स्मिथले तेस्रो टेष्ट गुमाउने भएका हुन् । उनले दोस्रो टेष्टको अन्तिम दिनको खेल समेत गुमाएका थिए ।
दोस्रो टेष्ट अन्तर्गत शनिबार पहिलो इनिङ्समा ब्याटिङ गर्ने क्रममा बलले लाग्दा स्मिथ घाइते भएका थिए ।
इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा उनि घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो ।
बलले लगेर घाइते भएपछि स्मिथ ८० रनमा बनाउँदा रिटायर्ड भएका थिए । तर, पुन: मैदान आएका स्मिथ ९२ रन बनाएर आउट भएका थिए ।
दुई टिमबीचको तेस्रो टेष्ट लिड्समा बिहिबार सुरु हुनेछ । पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ । दुईबीचको दोस्रो टेष्ट 'ड्र' भएको थियो ।